धम्की दिई ५० हजार लिने रोजगार विभागका अधिकृत रामप्रसाद ढुङ्गाना अख्तियार फन्दामा

<p>काठमाडौं । बैदेशिक रोजगार विभाग बुद्धनगर,काठमाडौंमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुङ्गाना भ्रष्ट्राचार आरोपमा पक्राउ परेका छन् । श्रम प्रिअप्रुभल लिने प्रयोजनका लागि पत्रिकामा सूचना प्रकाशित गरेकोमा उक्त सूचना अपुरो छ भनि घुस माग्दै गर्दा उनी पक्राउ परेका हुन् । ढुङ्गानाले सेवाग्राहीलाई छापा मार्ने सम्मको धम्की दिइ ५० हजार लिइसेको अवस्थमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले [&hellip;]</p>

काठमाडौं । बैदेशिक रोजगार विभाग बुद्धनगर,काठमाडौंमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुङ्गाना भ्रष्ट्राचार आरोपमा पक्राउ परेका छन् । श्रम प्रिअप्रुभल लिने प्रयोजनका लागि पत्रिकामा सूचना प्रकाशित गरेकोमा उक्त सूचना अपुरो छ भनि घुस माग्दै गर्दा उनी पक्राउ परेका हुन् ।

ढुङ्गानाले सेवाग्राहीलाई छापा मार्ने सम्मको धम्की दिइ ५० हजार लिइसेको अवस्थमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनलाई विभाग कार्यालयको मिटिङहलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

 

Share News