मालपोत र नापी कार्यालयको भ्रष्टचारीलार्इ कारबाही गर्ने कृषिमन्त्री खनालकाे घाेषणा, लिष्ट तयार पारिन्दै

<p>काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत, नापी कार्यालयको बिचौलियासँग ‘नेक्सस’ जोड्ने र भ्रष्टाचार गर्ने कर्मचारीको गोप्य लिष्ट तयार हुदै गरेको बताएको छ । मन्त्रालयले तयार पारेको भूमि नीतिको मस्यौदामाथिको छलफलको क्रममा बोल्दै कृषि मन्त्री चक्रापाणी खनालले गलत गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने बताए । मालपोत कार्यालयहरुमा आमूल सुधार गरिन्छ । अहिले निवेदन [&hellip;]</p>

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मालपोत, नापी कार्यालयको बिचौलियासँग ‘नेक्सस’ जोड्ने र भ्रष्टाचार गर्ने कर्मचारीको गोप्य लिष्ट तयार हुदै गरेको बताएको छ ।

मन्त्रालयले तयार पारेको भूमि नीतिको मस्यौदामाथिको छलफलको क्रममा बोल्दै कृषि मन्त्री चक्रापाणी खनालले गलत गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने बताए ।

मालपोत कार्यालयहरुमा आमूल सुधार गरिन्छ । अहिले निवेदन दिँदा लामो र अप्ठ्यारा फर्म लेख्ने झन्झटबाट मुक्त गर्न ए फोर साइजको पेपरमा सजिलो भाषामा नागरिकले सिधै निबेदन दिने ब्यवस्था गरिन्छ । यस क्षेत्रको आमूल सुधार गरिने उनकाे भनाइ छ ।

उनका अनुसार जग्गा प्लटिङ्गमा बिचौलैया दलाली प्रथा हटाइनेछ । आबासयोग्य जग्गा खरिद बिक्रिको लागि बैधानिक कम्पनीमार्फत हुने गरि कर प्रणालीमा लगिनेछ । अब कोहि ठगिनुपर्ने छैन ।‘भूमि सम्बन्धी नयाँ नीति चाँडै पास हुन्छ । भूमि उपयोग विधेयक अगाडि बढाइएको छ’, उनले भने ‘भूमि सबै राज्यको हो, नागरिकलाई उपयोगको हिस्सा मात्र बितरण गरिएको हो । अब कुनै पनि नागरिक सुकुम्बासी हुनुपर्दैन ।’

जमिनलाई नयाँ तरिकाले बर्गिकरण गरी कार्यान्वयन गर्दै संविधान अनुसार एकपटक सबैलाई भूमि वितरण गरिने उनको भनाइ छ ।

 

Share News