प्रभुले समुहले ल्यायो फ्रिक्वाेइन्सीबाट चल्ने टिभी, मूल्य ८००

<p>काठमाडौं । प्रभु समुहले नपालमै पहिलो पटक मोबाल फ्रिकोइन्सीबाट चल्ने भिडियो प्रशारण (डीभीबी टी२) प्रविधी भित्र्याएको छ । तार र एनटीना बिना नै टीभी हेर्न सकिने गरी समुहले आइतबार टिभी सार्वजनिक गरिएको हो । यस प्रविधीबाट मोबाईल, ट्याब्लेट तथा ल्यापटपमा समेत टेलिभिजन हेर्न सकिने समुहका अध्यक्ष प्रकाश भट्टचनले बताए । प्रविधीको उद्घाटन गर्दै भट्टचनले भने [&hellip;]</p>

काठमाडौं । प्रभु समुहले नपालमै पहिलो पटक मोबाल फ्रिकोइन्सीबाट चल्ने भिडियो प्रशारण (डीभीबी टी२) प्रविधी भित्र्याएको छ । तार र एनटीना बिना नै टीभी हेर्न सकिने गरी समुहले आइतबार टिभी सार्वजनिक गरिएको हो ।

यस प्रविधीबाट मोबाईल, ट्याब्लेट तथा ल्यापटपमा समेत टेलिभिजन हेर्न सकिने समुहका अध्यक्ष प्रकाश भट्टचनले बताए । प्रविधीको उद्घाटन गर्दै भट्टचनले भने -‘यो प्रविधी शुरुमा काठमाडौं, चितवन र पोखरामा सञ्चालन गरिएको छ, भावी दिनमा बुटवल भैरहवा, नेपालगञ्ज, कोहलपुर लगायतको स्थानहरुमा समेत लैजाने तयारी गरेका छौं ।’

उनका अनुसार मासिक ३ सयमा २७ एचडी च्यानल सहित ६० च्यानल हेर्न सकिनेछ । विस्तारै च्यानल बढाएर १२० वटा सम्म पुर्यायाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टिभी सजिलै ग्राहकले नै जडान गर्न सक्नेछन् । शुरुमा प्रयोग गर्ने सेवाग्राहीले सेट अप बक्सको एक हजार र ६ महिनाको शुल्क १८ सय रुपैया तिर्नु पर्नेछ । संस्थाहरुको लागि भने कम्पनीले सेटअप बक्स ८ सयमै पाउनेछन् भने मासिक शुल्क २ सय तिर्नु पर्नेछ ।

यस प्रविधीको प्रयोगबाट अब सेवाग्राहीले तार एनटिना भद्धा बक्सको झन्झटबाट मुक्त हुने कम्पनीले दाबी गरेको छ । प्रभु समुहले हाल देशभर बैकिङ बिमा, लघुवित्त, क्यापिटल मार्केट, हेलिकप्टर,व्यवस्थापन संचारसँग सम्बन्धित विभिन्न कम्पनीहरु आबद्ध रहेका छन् ।

Share News