ब्रिटिश गोर्खा सैनिकको कोटा ५० हजार पुर्याउने बेलायत सरकारको तयारी

<p>काठमाडौ । ब्रिटिस गोर्खा सैनिकको संख्या ५० हजार पुर्याउन सकिने नेपालको लागि वेलायती राजदुत रिचार्ड मोरिसले बताएका छन् । उनले मंलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग सिहंदरबारमा भएको भेटवार्तामा ब्रिटिस गोर्खा सैनिकलाई थप गर्न सकिने बताएका हुन् । ‘आगामी पाँच वर्षभित्र बेलायतबाट नेपालमा ५० हजार संख्या पर्यटक भित्र्याउन सकिन्छ,’ उनले भने ‘त्यस्तै ५० [&hellip;]</p>

काठमाडौ । ब्रिटिस गोर्खा सैनिकको संख्या ५० हजार पुर्याउन सकिने नेपालको लागि वेलायती राजदुत रिचार्ड मोरिसले बताएका छन् ।

उनले मंलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवसँग सिहंदरबारमा भएको भेटवार्तामा ब्रिटिस गोर्खा सैनिकलाई थप गर्न सकिने बताएका हुन् ।

‘आगामी पाँच वर्षभित्र बेलायतबाट नेपालमा ५० हजार संख्या पर्यटक भित्र्याउन सकिन्छ,’ उनले भने ‘त्यस्तै ५० हजारकै संख्यामा गोर्खाली सैनिक बेलायत लान सकिन्छ ।’ त्यसका लागि दुई देशबीच साझेदारीको आवश्यकता रहनु पर्ने उनले बताए ।

त्यस्तै मन्त्री यादवले उक्त भेटमा नेपालमा वैदेशीक लागानीको वातावरण बनेकाे राजदुत माेरिसलार्इ जानकारी गराए ।

साेही अवसरमा उनले नेपालमा रहेको बेरोजगारी समस्याकाे लागि सीपमूलक तालिम सञ्चालनमा सहयाेग पुर्याउन समेत राजदुतलाई अनुरोध गरेका छन् ।

 

Share News