काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अग्युइरोले प्रशिक्षकका कारण खेल हारेको बताएका छन् । उनले टी वाईसी स्पोर्टसँग कुरा गर्दै प्रशिक्षक साम्पाउलीको योजनामा खेलाडीले खेल्न नसकेको बताएका हुन् ।

उनले भनेका छन् -‘मैले पटक पटक सम्झाएको छु कि यस्तो योजनाले काम गर्दैन र खेलाडीले खेल्न सकिरहेका छैनन् ,आइसल्यान्डसँगको टीम सेट राम्रो थियो तर यसलाई भत्काएर उनले ध्वस्त पारे । मानौं उनको योजनाले कुनै काम गरेन ।
जब खेल शुरु भयो खेल नत आक्रामक नत रक्षात्मक दुबै हुन सकेन यसैका कारण खेल हार्यौ ।’ उनलाई गोन्जालो हिग्योइनले प्रतिथापन गरेका थिए ।

खेलको विषयमा प्रतिक्रिया दिदैं साम्पाउलीले आफुले खेलको कसरी मुल्याङकन गर्ने भन्ने विर्सिएको बताए ।
उनले क्रोयोसिया विरुद्धको खेलमा एन्जेल डी मारिया, रोजो इभर बनेगा जस्ता स्टार खेलाडीलाई टीममा राखेका थिएनन् ।