योग सेन्टरको गुरुयोजना बनाउन मात्रै १ अर्ब लाग्यो, निर्माणको लागि मन्त्रिपरिषदको निर्णय कुर्दै

<p>काठमाडौँ । ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ को गुरुयोजना रु एक अर्ब रुपैयाँ लागतमा सम्पन्न भएको छ । आयुर्वेद विभागले योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टरको बनाउन गुरुयोजना बनाएको हो । विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले गुरुयोजना सम्पन्न भई राष्ट्रिय योजना आयोग हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि निर्माण कार्य शुरु हुने बताए। [&hellip;]</p>

काठमाडौँ । ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ को गुरुयोजना रु एक अर्ब रुपैयाँ लागतमा सम्पन्न भएको छ ।


आयुर्वेद विभागले योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टरको बनाउन गुरुयोजना बनाएको हो ।

विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले गुरुयोजना सम्पन्न भई राष्ट्रिय योजना आयोग हुँदै मन्त्रिपरिषद्बाट निर्णय भएपछि निर्माण कार्य शुरु हुने बताए।

गुरुयोजनामा आयुर्वेद विभागको बूढानीलकण्ठमा करीब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको पालामा मन्त्रिपरिषद्मार्फत भएको निर्माण भएको थियो ।

विभागका महानिर्देशक उपाध्यायले सामान्य जनतादेखि विशिष्ट, अति विशिष्ट व्यक्तित्वका लागि ठूलो योग सेन्टर बनाउने बताए ।

उनले भने, ‘अहिले त्यहाँ प्रशासनिक भवन बनिसकेको छ, रु एक करोड ५० लाख रुपैयाँ छुट्याइएको थियो ।’ सेन्टरले मानिसलाई योग गर्नुपर्छ भन्ने बानीको विकास गर्ने विभागको भनाइ छ । केन्द्रमा सेन्टर बनाएपछि सातै प्रदेशमा यस्तो योग केन्द्र खोल्ने योजना छ, जुन नसर्ने रोगको न्यूनीकरणमा महत्वपूर्ण हुने बताइएको छ ।

सेन्टरमा स्वस्थ जीवनशैली, सन्तुलित खानपान, योग, पञ्चकर्म, अकुपञ्चरलगायतका सेवा दिइ नसर्ने रोगका लागि काम हुने महानिर्देशक उपाध्यायको भनाइ छ ।रासस

Share News