ट्रम्पसँग बदला लिने सि जिनपिङको चेतावनी

<p>काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बदला लिने चेतावनी दिएका छन् । अमेरिकाले चिनियाँ समानहरुको भन्सार दर व्यापक मात्रामा वृद्धि गरेपछि सि जिनपिङले बदला लिने चेतावनी दिएका हुन् । पिङले इँटाको जवाफ पत्थरले दिने भन्दै अमेरिकी समानहरु माथी आफुले पनि कडाई गर्न सक्ने संकेत गरेका हुन् । पिङले पश्चिमा देशहरुले एउटा [&hellip;]</p>

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बदला लिने चेतावनी दिएका छन् । अमेरिकाले चिनियाँ समानहरुको भन्सार दर व्यापक मात्रामा वृद्धि गरेपछि सि जिनपिङले बदला लिने चेतावनी दिएका हुन् ।

पिङले इँटाको जवाफ पत्थरले दिने भन्दै अमेरिकी समानहरु माथी आफुले पनि कडाई गर्न सक्ने संकेत गरेका हुन् । पिङले पश्चिमा देशहरुले एउटा गालमा थप्पड हान्दा अर्काे गाला थाप्ने गरेको तर चीनले भने एउटा गालामा थप्पड खाईएमा मुक्काले जवाफ दिने गरेको चेतावनीयुक्त अभिव्यक्ति दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

अमरिकी राष्ट्रपति ट्रम्पले १० प्रतिशत भन्सार लगाउन सकिने २ सय अर्ब डलर बराबरका चिनियाँ समानहरुको सूचि मागेका थिए ।
त्यसको जवाफमा पिङले गोल्डम्यान, फक्सवागन, स्याक्स लगायतका २० वटा कम्पनीका सिइओहरुको ग्लोबल काउन्सिल बैठकमा त्यस्तो चेतावनी युक्त अभिव्यक्ति दिएका हुन् ।

Share News