काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले नयाँँ राष्ट्रपति पाएको छ । आइतबार भएको मतदानमा बामपन्थी नेता आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले कुल मतको ५३ प्रतिशत मत ल्याउदै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

बिबिसीका अनुसार लोपेजले नजिकका प्रतिद्धन्दी रिकार्डो अनायलाई दोब्बर मतले पराजित गर्दै राष्ट्रपतिमा चुनिएका हुन् । अनायले २२ प्रतिशत मत प्राप्त गरेका थिए । यस्तै अर्का प्रतिद्धन्दी मान्डेले १६.५ प्रतिशत र रोड्रिगेजले ५ प्रतिशत मत प्राप्त गरेका थिए ।

अमेरिका र मेक्सिको बिचको सम्बन्ध बिग्रिरहेको अवस्थामा बामपंथी नेता लोपेज उदयले दुई देशबिचको सम्बन्ध कस्तो रहन्छ भन्ने कुरा चर्चा हुन थालेको छ ।
राट्रपतिमा विजयी भएपनि लोपेजले प्रतिक्रिया दिदैं आफु भ्रष्ट्राचार र छिमेकी देशहरुसँगको सम्बन्ध सुमधुर बनाउने बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै लोपेजले बधाई दिएका छन् । उनले भनेका छन् -‘मलाई विस्वास छ उनले उत्कृष्ट कार्यसम्पादन गर्नेछन् र मेक्सिको-अमेरिका सम्बन्ध थप उचाइमा पुग्नेछ ।’
राट्रपति ट्रम्पले मेक्सिकोको सिमाबाट अमेरिकामा आप्रवासी भित्रिएको भन्दै सिमामा पर्खाल लगाउने चुनावी नारा दिदैं राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
