विदेशबाट फर्केर नेपालमा उद्यम गर्ने ८ जनालाई गोकर्ण विष्टको सम्मान

<p>काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गर्ने ८ जनालाई श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सम्मान गरेका छन् । २३ जना उद्यमीमध्येबाट ८ जनालाई छनोट गरी मन्त्रालयले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा सोनम लामा, देवी प्रसाद खत्री, हरि लुइँटेल, खोगराज कटुवाल, गणेश पुन मगर, प्रेम प्रसाद लामिछाने, द्रोन प्रसाद न्यौपाने र रामदिपाल थारु [&hellip;]</p>

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गर्ने ८ जनालाई श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सम्मान गरेका छन् । २३ जना उद्यमीमध्येबाट ८ जनालाई छनोट गरी मन्त्रालयले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा सोनम लामा, देवी प्रसाद खत्री, हरि लुइँटेल, खोगराज कटुवाल, गणेश पुन मगर, प्रेम प्रसाद लामिछाने, द्रोन प्रसाद न्यौपाने र रामदिपाल थारु रहेका छन् । यसमध्ये सबैभन्दा उत्कृष्ट पुरस्कार सोनाम लामाल जितको छन् । उनले १६ करोड लगानीमा लमजुङ जिल्लामा एकिकृत कृषि फार्म सञ्चालन गर्दै आएका छन् । उनलाई नगद १ लाख र बाँकी ७ जनालाई ५० हजार नगद सहित पुरस्कार प्रदान गरिएको हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै ५ वर्षभित्र नेपाली युवाहरुलाई विदेश जान निरुसाही बनाउने बताए । ‘नेपाली युवा हरुले श्रमलाई सम्मान गर्न नसक्दा बेरोजगारीहरु बढिरहेका छन्, नेपाली श्रम बजारको माग अनुसार जनशक्ति कामदार पाउन सकिएको छन यो नेपालको लागि ठूलो दुर्भाग्य हो,’ मन्त्री विष्टले भने ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्न लागेको उनले बताए । आज नेपाली युवाको सपना जापान, संयुक्तराज्य अमेरिका, बेलायत भएको भन्दै अबको दश वर्षमा यो चक्रलाई तोड्ने दाबी गरे ।

कार्यक्रममा सम्पानीत व्यक्तिहरुले ससरकारको सम्मानप्रति खुशि व्यक्त गरेका थिए ।

Share News