काठमाडौं । केहि मिनेट पछि शुरु हुने ब्राजिल र मेक्सिको बिच हुने खेलमा उत्कृष्ट ब्राजिलियन डिफेन्डर मार्सेल्लो टीममा परेका छैनन ।
ब्राजिलले नेइमार सहित ग्राबियल जेसिसलाई मुख्य स्ट्राइकर बनाएर टाेली मैदान उतार्ने भएको छ ।

टोलीमा विलियम, थियागो सिल्भा, कौटिन्हो, पाउलिन्हो, कासिमेरो, फिलिपे लुइज, मिरान्डा, फाग्गर र गोलरक्षक एलिसन रहेका छन् । अप्रत्यासित रुपमा स्पेन बाहिरिएपछि ब्राजिल थप सर्तक भएको मैदान उत्रिनेछ ।