नक्कली प्रमाणपत्रले जागिर खाने अविनारायण अधिकारी विरुद्ध अदालतमा मुद्धा दायर

<p>काठमाडौं । शारदा निम्न माध्यमिक विद्यालय नामसालिङ ५, इलामका तत्कालीन शिक्षक अविनारायण अधिकारी विरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको पुष्टि भएपछि अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अधिकारीले बिहार स्कुल इग्जामिनेशन पटना, भारतबाट १२ कक्षा पास गरेको नक्कली शैक्षिक योग्यताको [&hellip;]</p>

काठमाडौं । शारदा निम्न माध्यमिक विद्यालय नामसालिङ ५, इलामका तत्कालीन शिक्षक अविनारायण अधिकारी विरुद्ध मुद्दा दायर भएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको पुष्टि भएपछि अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अधिकारीले बिहार स्कुल इग्जामिनेशन पटना, भारतबाट १२ कक्षा पास गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिइ बढुवा समेत हुनुका साथै निवृत्तभरण समेतको लाभ लिएको देखिए पनि उनी विरुद्ध मुद्दा दायर भएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०१७ भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Share News