दक्षिण एसियामा दुरसञ्चार प्रभावकारी बनाउन ३ दिने गोष्ठी काठमाडौंमा शुरु

<p>काठमाडौं । दक्षिण एसियमा दुरसञ्चारलाई प्रभावकारी बनाउने उदेश्यले काठमाडौंमा ३ दिने गोष्टी शुरु भएको छ । गोष्टीमा दक्षिण एसियाली क्षेत्रमा दुरसञ्चारलाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशका विज्ञहरुले छलफल गर्नेछन् । कार्यक्रममा बोल्दै सूचना, संचार तथा प्रविधि मन्त्री गाेकुल बास्काेटाले  दुरसञ्चार सबै गरिब जनताले सुलभ रुपमा पाउनु पर्नेमा जोड दिए । एसिया प्यासिफिकका [&hellip;]</p>

काठमाडौं । दक्षिण एसियमा दुरसञ्चारलाई प्रभावकारी बनाउने उदेश्यले काठमाडौंमा ३ दिने गोष्टी शुरु भएको छ । गोष्टीमा दक्षिण एसियाली क्षेत्रमा दुरसञ्चारलाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशका विज्ञहरुले छलफल गर्नेछन् ।

कार्यक्रममा बोल्दै सूचना, संचार तथा प्रविधि मन्त्री गाेकुल बास्काेटाले  दुरसञ्चार सबै गरिब जनताले सुलभ रुपमा पाउनु पर्नेमा जोड दिए । एसिया प्यासिफिकका महासचिव अर्विन हाओराङ्सीले दक्षिण एसियामा दुरसञ्चारलाई अत्याधुनिक बनाएर अघि बढ्ने बताए ।

कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, महानिर्देशक कामिनीराज भण्डारी, सूचना, संचार तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ लगायतको सहभागिता रहेको थियो । ३ दिन चल्ने गोष्टीमा नीति निर्माणसंगै यसको कार्यान्वयन र सेवामा जोड दिने छ

तीन दिनसम्म चल्ने कार्यशालामा दक्षिण एसियाका विभिन्न विज्ञले कार्यपत्र प्रस्तुत गर्ने छन् भने त्यसभित्र रहेर छलफल हुनेछ । गोष्टीमा दक्षिण एसियाका ८ मुलुकसंगै इरानको पनि सहभागीता रहेको छ ।

Share News