मन्त्री रघुविर महासेठलाई ५ करोड दिने सहमति भएको छैन: सरोज सिटौला

<p>काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठसँग कुनै सम्झौता नभएको बताएका छन् । झुटो प्रचार गर्दै केहि सञ्चार माध्यमले मन्त्री महासेठसँग ५ करोडको सम्झौता भएको भन्ने समाचार निराधार भएको सिटौलाले बताएका हुन् । युनाइटेड नेपाल ट्रान्सपोर्ट भलाई एण्ड ईन्भेष्टमेन्ट प्रालीले गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सिटौलाले [&hellip;]</p>

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठसँग कुनै सम्झौता नभएको बताएका छन् ।

झुटो प्रचार गर्दै केहि सञ्चार माध्यमले मन्त्री महासेठसँग ५ करोडको सम्झौता भएको भन्ने समाचार निराधार भएको सिटौलाले बताएका हुन् ।

युनाइटेड नेपाल ट्रान्सपोर्ट भलाई एण्ड ईन्भेष्टमेन्ट प्रालीले गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सिटौलाले हुदैं नभएको सिन्डिकेटको आरोप आफुहरुलाई लागेको बताए । ‘सिन्डिकेट न हिजो थियो न आज छ न भोली हुनेछ, सिटौलाले भने हामी यातायात व्यवसायीलाई सरकारले तल्लो स्तरको व्यवहार गर्यो ।’

यातायात व्यवसायीहरुको सम्पत्ति राष्ट्रकै सम्पत्ति भएको भन्दै सिटौलाले सबै सम्पत्ति राष्ट्र हितमै प्रयोग गर्नु पर्ने जोड दिए ।
कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा, काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेल लगायतको सहभागीता रहेको थियो ।

Share News