काठमाडौं । फुटबल एउटा यस्तो खेल हो, जहाँ कि जित कि हार जसरी पनि स्वीकार गर्नुपर्छ । अझ विश्वकपको सेमिफाइनलमा हार्नु कुन फुटबल समर्थकको आखाँ नरसाउला ।

आक्रामक समर्थकको रुपमा चिनिने इंग्लिस समर्थकलाई यो पटकको विश्वकपले रूवाएको छ । गोल डटकममा सार्वजनिक गरेको भिडियोमा इंग्लिस समर्थक रोइरहेको देखिएको छ ।
फुटबल हेर्न रसिया नगई स्वदेशमै सार्वजनिक स्थानमा फुटबल समर्थकरु रोएका हुन् । ९० मिनेटको समयमा १-१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको १०९ मिनेटमा क्रोयोसियाका स्ट्राइकर मारियो मान्जिुकिचले गोल गर्दै इंग्ल्यान्डलाई रोकेको हाे ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्