‘एम्बाप्पे धेरै नाटक नगर, जिदानकै शैलीमा विश्वकप गुम्ला’: थोमस मेउनिर

<p>काठमाडौं । फ्रान्सका १९ वर्षिय सुपरस्ट्रार केलियन एम्बाप्पेको खराब आचरणको आलोचना शुरु भएको छ । उरुग्वे र बेल्जियम विरुद्धको खेलमा समय सक्ने नाममा खराब बानी प्रर्दशन गरेपछि उनको आलोचना शुरु भएको हो । एम्बाप्पेका सेन्ट पेरिस जर्मनका समकक्षी थोमस मेउनिरले उनको कडा शब्दमा आलोचना गरेका छन् । इंग्लिस अनलाईन गोल डटकममा अन्तवार्ता दिदैं मेउनिरले एम्बाप्पे [&hellip;]</p>

काठमाडौं । फ्रान्सका १९ वर्षिय सुपरस्ट्रार केलियन एम्बाप्पेको खराब आचरणको आलोचना शुरु भएको छ । उरुग्वे र बेल्जियम विरुद्धको खेलमा समय सक्ने नाममा खराब बानी प्रर्दशन गरेपछि उनको आलोचना शुरु भएको हो ।

एम्बाप्पेका सेन्ट पेरिस जर्मनका समकक्षी थोमस मेउनिरले उनको कडा शब्दमा आलोचना गरेका छन् । इंग्लिस अनलाईन गोल डटकममा अन्तवार्ता दिदैं मेउनिरले एम्बाप्पे जस्तो सुपरस्ट्रारले चलचित्रमा जस्तो नाटक गर्न नहुने बताएका हुन् । उनले भने-‘बेल्जियम विरुद्धको खेलमा उनले किन यस्तो व्यवहार देखाए म प्रश्न गर्न चाहान्छु, साथै चेतावनी पनि जिनेदिन जिदान र रोनाल्डोले जस्तै विश्वकप गुमाउन सक्छौ । तिमी एक युवा अवश्थामा छौं, यो उमेरमा धेरै कुरा सिक्नु जरुरी छ । हुन त तिमी यो संसामा उत्कृष्ट खेल खेलिरहेका छौ । तर बेल्जियमसँगको खेलमा पटक पटक समाय बर्बाद गर्न किन लागि पर्यो । यो महान खेलाडीको आचरण होइन ।’

‘जिदान र रानाल्डो उनीहरु महान खेलाडी हुन् । उनीहरुले चलचित्रमा जस्तो नाटक गरेका छैनन् । उनीहरुले आफ्नो इच्छा र क्षमताले फुटबल खेले । उनीहरुले विगतमा जस्ता क्रियाकलाप गरे त्यो नाटकिय थिएन, त्यसैले उनीहरुले अहिले सम्म सम्मान पाइरहेका छन् । त्यसैले तिमी महान बन्नु छ भने इटालीका खेलाडीसँग आफ्नो खराब बानीलाई सुधार गर ।’

एम्बाप्पेले बेल्जियमसँगको खेलमा फ्रि किक हान्न लागेको बल टिपेर हिडेका थिए भने उरुग्वेसँगको खेलमा आफैं लडेर नाटक गरेका थिए । उनले लगातार २ वटा पहेंलो कार्ड समेत खाइसकेका छन् ।

सेमिफाइनलमा फ्रान्सले सामुइल उमटीटीको हेडिङ गोलको मद्धले बेल्जियलाई हराउदै फाइनल यात्रा तय गरेको थियो । अब बेल्जियमले तेस्रो स्थानको लागि इंग्ल्यान्ड र फाइनल फ्रान्स र क्रोयोसियाबिच हुनेछ ।

Share News