काठमाडौं । २० वर्षपछि विश्वकपको ट्रफी उचालेको फ्रान्समा जनसागर उर्लिएको छ । फाइनल खेलमा क्रोयोसियालाई ४-२ गोल अन्तरले हराएपछि फ्रान्समा समर्थकहरुले खुशियाली मनाएका छन् ।

केहि स्थानमा समर्थकहरुले आगोको लप्काहरु फालेको र शहर अस्तव्यस्त बनाएका छन् । गोल डटकममा सार्वजनिक भिडियोमा ठूलो संख्यामा फ्रेन्च समर्थकहरु सडकमा उत्रिएका छन् । उनीहरुलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको देखिन्छ ।
विषेशगरी पेरिसमा ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका छन् । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन असुल ग्याँस प्रहार गरेका छन्, भने केहि व्यक्तिलाई पक्राउ समेत गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्