आइसल्याण्डका फुटबल प्रशिक्षक हलग्रिमसन राजिनामा दिदैं दन्त चिकित्सामै फर्किए

<p>काठमाडौं । आइसल्याण्डका मुख्य फुटबल प्रशिक्षक हेइमिर हलग्रिमसनले राजिनामा दिएका छन् । उनले प्रशिक्षकबाट राजिनामा दिदैं पुरानै पेशा दन्त चिकित्सकमा फर्किएका हुन् । हलग्रिमसनले २०१६ को विश्वकप र २०१८ को विश्वकप खेलाएका थिए । ३ लाख जनसंख्या रहेको आइसल्यान्डले युरो र विश्वकप राम्रो प्रर्दशन गरेर चर्चा बटुलेको थियो । राजीनामा पछि उनले भनेका छन्यो-&#8216; सजिलो [&hellip;]</p>

काठमाडौं । आइसल्याण्डका मुख्य फुटबल प्रशिक्षक हेइमिर हलग्रिमसनले राजिनामा दिएका छन् । उनले प्रशिक्षकबाट राजिनामा दिदैं पुरानै पेशा दन्त चिकित्सकमा फर्किएका हुन् ।

हलग्रिमसनले २०१६ को विश्वकप र २०१८ को विश्वकप खेलाएका थिए । ३ लाख जनसंख्या रहेको आइसल्यान्डले युरो र विश्वकप राम्रो प्रर्दशन गरेर चर्चा बटुलेको थियो ।

राजीनामा पछि उनले भनेका छन्यो-‘ सजिलो पेशा होइन, यो पेशामा जति जोखिम अरु कुनै पेशामा छैन, म पहिले केहि दिन बिदामा बसेर फेरी पुरानै पेशामा फर्कन चाहान्छु ।’

५१ वर्षिय हलग्रिमसनको सम्झौता अवधि सन् २०१८ को अन्तसम्म रहेको थियो तर उनले सो अगावै राजिनामा दिएका हुन् । आइल्यान्डले यरो कपको अन्तिम १६ मा इंल्यान्डलाई हराउदैं क्वाटरफाइनलमा प्रवेश गरेको थियो । विश्वकपमा पनि अर्जेन्टिनालाई बराबरीमा रोकेको थियो ।

Share News