नक्कली प्रमाणपत्रले जागिर खाने शिक्षक विरुद्ध मुद्दा दायर

<p>काठमाडौं । नारायण राष्ट्रिय प्राथमिक विद्यालय दोदोधरा ५ बेलुवा, कैलालीका प्राथमिक शिक्षक धनीराम डगौरा विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा नियुक्ति भै कार्यरत रहेका प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डगौरा विरुद्ध मुद्दा दायर गरेको हो । उनले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको [&hellip;]</p>

काठमाडौं । नारायण राष्ट्रिय प्राथमिक विद्यालय दोदोधरा ५ बेलुवा, कैलालीका प्राथमिक शिक्षक धनीराम डगौरा विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा नियुक्ति भै कार्यरत रहेका प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डगौरा विरुद्ध मुद्दा दायर गरेको हो ।

उनले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश, भारतबाट प्राप्त गरेको हाईस्कुल एस.एल.सी सरहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्राथमिक शिक्षक राहत पदमा नियुक्ति लिइ लाभ लिएको देखिन आएको अख्तियारले जनाएको छ ।

उनी विरुद्ध भ्रष्टाचार निवारण २०५९ को दफा १६ को उपदफा १ बमोजिम जरिवाना र कैद सजाय हुनेछ ।

Share News