काठमाडौं । नेपालमा गीताप्रेस पुस्तक बिक्री केन्द्र स्थापना भई २ वर्ष पूरा भएको अवसरमा श्रीभद्भागवद्गीता एवं सरल गीता नेपाली भाषामा प्रकाशन गरी विमाेचन गरेकाे छ ।
नेपाली भाषामा अनुवाद भएको श्रीभद्भागवद्गीता र सरल नेपाली गीता प्रेस गोरखपुरले सुपथ मूल्यमा प्रकाशन गरेको छ । उक्त उपलक्ष्यमा “प्रत्येक नेपालीको घरमा श्रीभद्भागवद्गीता हाम्रो अभियान” को लक्ष्य लिई गीताप्रेस सेवा केन्द्र नेपाल र गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौंको पहलमा गत साउन २० गते श्रीभद्भागवद्गीता र सरल नेपाली गीता विमोचन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि सहित लव्ध प्रतिष्ठित विद्वानहरुको उपस्थिति थियो ।
कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष एवं बरिष्ठ उद्योगपति बिनोदकुमार चौधरीले पठाएका शुभकामना संदेश पढेर सुनाइएको थियो । सन्देशमा उनले श्रीभद्भागवद्गीता एवं सरल गीता नेपाली भाषामा अनुवाद एवं प्रकाशन गरेर गीताप्रेस पुस्तक बिक्री केन्द्रले सम्पूर्ण नेपालीहरूलाई अनुगृहित बनाएको उल्लेख गरेका छन् । साथै, उनले यस्ता विशिष्ट कृतीहरू नेपाली भाषामा प्रकाशित गर्न प्रोत्साहित गर्न आग्रह गरेका थिए ।