भूकम्प पीडितलाई २ प्रतिशत ब्याजकाे ऋण १० वर्षसम्म दिने तयारी, राष्ट्र बैंक एेन संशाेधन हुँदै

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याजमै १० वर्षसम्म भूकम्प पीडितलाई कर्जा दिने प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकले भूकम्प पीडितका अतिरित्त बाढी पीडित र अग्नी पीडितलाई दिने समेत सहुलियत व्याजदरकाे आवास कर्जाको अवधि पनि १० वर्ष पुर्याउन पहल गरेकाे छ । नेपाल राष्ट्र बैंक एेन २०७३ मा अावश्यक संशाेधन गरी विपत्मा परेका [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याजमै १० वर्षसम्म भूकम्प पीडितलाई कर्जा दिने प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकले भूकम्प पीडितका अतिरित्त बाढी पीडित र अग्नी पीडितलाई दिने समेत सहुलियत व्याजदरकाे आवास कर्जाको अवधि पनि १० वर्ष पुर्याउन पहल गरेकाे छ ।

नेपाल राष्ट्र बैंक एेन २०७३ मा अावश्यक संशाेधन गरी विपत्मा परेका नागरिकलार्इ अावास निमार्ण  गर्न दिन पुर्नकर्जाकाे अवधि १० वर्षसम्म गर्न लागिएकाे डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । हालकाे व्यवस्थामा सहुलियत व्याजकाे पुर्नकर्जा १ वर्षका लागि दिन मिल्छ । यस्ताे कर्जामा राष्ट्र बैंकले थप एक वर्षकाे लागि मात्र व्याज छुट दिन सक्छ ।

भूकम्क पीडितले दुर्इ वर्षअघि लिएकाे कर्जामा राष्ट्र बैंकले पुर्नकर्जा दिन सकेकाे थिएन । यस्ताे अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले भूकम्प पीडितसँग १२ देखि १४ प्रतिशन व्याज लिन थालेका थिए । व्याज बढेपछि भूकम्प पीडितहरूकाे गुनासाे राष्ट्र बैंकमा अाएकाे, याे  विषयमा संसद्मा पनि अावाज उठेकाेले एेन संशाेधन गरी एउटा बुँदा थप गर्न राष्ट्र बैंकले अर्थ मन्त्रालयमा  सिफारिस गरेकाे उनले जानकारी  दिए ।

Share News