स्वावलम्बन लघुवित्तले शाखा प्रबन्धकहरुलाई तालिम दिने

<p>काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा प्रबन्धकहरुको लागि लघुवित्तमा शाखा व्यवस्थापन तालिमको आयोजना गरेको छ । सो तालिम यही साउन २२ गतेदेखि २५ गतेसम्म संचालन हुने छ । संस्थाले लघुवित्त क्षेत्रमा देखिएका चुनौती र अवसर शाखा स्तरमा केन्द्रीत गरी प्रभावकारी रुपमा शाखा व्यवस्थापन गर्न सहयोग पुर्याउन र व्यक्तिगत वृत्ति विकासमा समेत सकारात्मक प्रभाव [&hellip;]</p>

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा प्रबन्धकहरुको लागि लघुवित्तमा शाखा व्यवस्थापन तालिमको आयोजना गरेको छ । सो तालिम यही साउन २२ गतेदेखि २५ गतेसम्म संचालन हुने छ ।

संस्थाले लघुवित्त क्षेत्रमा देखिएका चुनौती र अवसर शाखा स्तरमा केन्द्रीत गरी प्रभावकारी रुपमा शाखा व्यवस्थापन गर्न सहयोग पुर्याउन र व्यक्तिगत वृत्ति विकासमा समेत सकारात्मक प्रभाव पार्ने उद्देश्यले उक्त तालिमको आयोजना गरेको बताएको छ ।

तालिममा लघुवित्त क्षेत्रका विज्ञ तथा संस्थाका आन्तरिक श्रोत व्यक्तिहरु र नियामक निकायका श्रोत व्यक्तिबाट लघुवित्त क्षेत्रका विविध आयाम र संस्था भित्रका चुनौति र अवसर, कार्यक्रमको प्रभावकारी कार्यान्वयन, शाखा प्रबन्धकको काम, कर्तव्य, ग्राहक सुरक्षणका सिद्धान्तहरु, कर्जा जोखिम व्यवस्थापन साथै लघुवित्तमा नियमन व्यवस्थापनका विषयमा केन्द्रीत रही विभिन्न सत्रहरु संचालन हुने बताइएको छ ।

चार दिनसम्म संचालन हुने यस तालिममा संस्थाका विभिन्न ३० वटा शाखा कार्यालयका शाखा प्रबन्धकहरुको सहभागीता रहेको छ ।

Share News