रूस । चीन र रुसले अमेरिका विरुद्ध सैन्य तथा आर्थिक गठबन्धन बनाउन सुरु गरेका छन् । चीनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका विरुद्ध गठबन्धन तयार पारेका हुन् । अब यी दुई मुलुकले मस्को र बेइजिङले द्धिपक्षिय व्यापारमा डलरको प्रयोग गर्ने छैनन् । चीन र रुसले व्यापारका क्रममा अब डलरको साटो आफ्नै मुद्राको उपायेग गर्नेछन् ।
रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समयमा दुई देशका प्रमुखबीच यस्तो सहमति भएको हो । रुसले शितयुद्धपछि आयोजनाको गरेको सबै भन्दा ठूलो सैन्य अभ्यासमा ३ हजार भन्दा बढी चिनियाँ सेनाहरुले सहभागीता जनाईरहेका छन् । संयुक्त सैन्य अभ्यास र द्धिपक्षिय व्यापारमा डलरलाई निषेध गरेर यी दुई मुलुकले अमेरिका विरुद्ध गठबन्धन बनाएका हुन् ।
अमेरिकाले चीन र रुसमा उत्पादिन समानहरुमा कर वृद्धि गरेपछि सम्बन्ध चिसिँदै आएको छ । यो निर्णयले बैङ्किङ सेवाको स्थायित्वलाई बढाउने र निर्यात तथा आयातका गतिविधिलाई सुरक्षित बनाउने उनले बताए । पछिल्लो चरणमा अमेरिकी प्रतिबन्धको घोषणाले रसियाली मुद्रा रूबल तथा अमेरिका चीनबीचको व्यापार युद्धका कारण चिनियाँ मुद्रा युआनमा गिरावट आउन थालेपछि उनीहरूले राष्ट्रिय मुद्रालाई नै व्यापारमा प्रयोग गर्ने छलफललाई अगाडी बढाएको पुटिनले बताए । रासस