‘दशैंमा पिङ खेलेर धर्ती छाडे मृत्युपछि स्वर्ग पुगिने’

<p>काठमाडौं। नेपालीमा पिङ र अङ्ग्रेजीमा स्विङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्।  नेपाली गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ। दसैंमा पिङमा बसेर धर्ती  छाड्नाले मृत्युपछि स्वर्ग पुगिने जनविश्वास छ। विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको [&hellip;]</p>

काठमाडौं। नेपालीमा पिङ र अङ्ग्रेजीमा स्विङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्।  नेपाली गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ। दसैंमा पिङमा बसेर धर्ती  छाड्नाले मृत्युपछि स्वर्ग पुगिने जनविश्वास छ।

विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ। लोप हुँदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँ र सहरहरुमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्।

सरररऽऽऽ चचहुइ गर्दै पिङ खेल्नुको मज्जै बेग्लै हुन्छ। काठमाडौंका गल्लीगल्लीमा रहेका थोरै खाली स्थानमा पनि पिङ हालिएको छ। कतै बाँसको लिंगो गाडेर त कतै रुखको हाँगामा डोरी बाँधेर पिङ हालिएको छ। यसको सामाजिक महत्व भनेको घर गाउँलेहरु सबै एकै ठाउँमा जम्मा भएर पालैपालो पिङ खेलेर खुसी मनाँउदै एकआपासमा सौहार्दताको आदानप्रदान गर्ने गर्छन् ।

Share News