तीन महिनामा ७ अर्ब भन्दा बढी राजस्व संकलन

<p>चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष ०७५/७६ को तीन महिनामा ७ अर्ब भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार असोज मसान्तसम्म ६ अर्ब २० करोड ६ लाख २१ हजार रुपैंयाँ लक्ष्य निर्धारण गरेकोमा ७ अर्ब ३३ करोड ९२ लाख ५३ हजार रुपैंयाँ राजस्व संकलन गरेको जनाएको हो । चितवन र नवलपुर जिल्लाका [&hellip;]</p>

चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष ०७५/७६ को तीन महिनामा ७ अर्ब भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार असोज मसान्तसम्म ६ अर्ब २० करोड ६ लाख २१ हजार रुपैंयाँ लक्ष्य निर्धारण गरेकोमा ७ अर्ब ३३ करोड ९२ लाख ५३ हजार रुपैंयाँ राजस्व संकलन गरेको जनाएको हो ।

चितवन र नवलपुर जिल्लाका करदाताहरुले राजस्व बुझाउने आन्तरिक राजस्व कार्यालय भरतपुरका व्यवसायिक प्यान लिएका ३२ हजार ६९५ जना र व्यक्तिगत प्यान लिएका ४८ हजार ३७१ जना रहेका छन् । भ्याटमा ७ हजार ७३५ जना करदाता दर्ता भई अन्तःशुल्क तर्फ तीन हजार ४४३ जना करदाताले इजाजत नविकरण गरिसकेको आन्तरिक राजस्व कार्यालय भरतपुरका निमित्त प्रमुख धनेश्वर अर्यालले जानकारी दिए ।

चालु आर्थिक वर्षको तीन महिनामा आयकर ३१ करोड ४३ लाख ४१ हजार रुपैंयाँ, ब्याजकर तीन करोड ९६ लाख ८ हजार रुपैंयाँ, मूल्य अभिवृद्धि कर ३९ करोड २६ लाख ४६ हजार रुपैंयाँ र अन्तःशुल्क ६ अर्ब ५५ करोड ७९ लाख ६६ हजार रुपैंयाँ राजस्व संकलन गरेको छ ।

Share News