रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन खोल्यो ७ नयाँ शाखा

<p>काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एकैदिन ७ वटा नयाँ शाखाहरुको उद्घाटन गरेको छ । कम्पनीले धनगढी, महेन्द्रनगर, दैलेख, डडेल्धुरा, टिकापुर, नेपालगंज, सुर्खेत, दैलेखमा थप शाखाहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो । धनगढी शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र प्रदेश न. ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संयुक्त [&hellip;]</p>

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले एकैदिन ७ वटा नयाँ शाखाहरुको उद्घाटन गरेको छ । कम्पनीले धनगढी, महेन्द्रनगर, दैलेख, डडेल्धुरा, टिकापुर, नेपालगंज, सुर्खेत, दैलेखमा थप शाखाहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

धनगढी शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र प्रदेश न. ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संयुक्त रुपमा गरेका हुन् ।

त्यसैगरी, कम्पनीको नायब कार्यकारी अधिकृत निराजन कंडेलको साथमा महेन्द्रनगर शाखाको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, डडेल्धुरा शाखाको अमरगढ़ी नगरपालिकाका मेयर बिशेश्वरप्रसाद ओझा, दैलेख शाखाको जिल्ला समन्वय समितिका कायम मुकायम प्रमुख बालकृष्ण केसी र प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेल, टिकापुर शाखाको टिकापुर महानगरपालिकाका उपमेयर केशरी विष्ट रावल, नेपालगंज शाखाको नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, सुर्खेत शाखाको प्रदेश न.६ का आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला बुढाथोकीले उद्घाटन गरेका थिए ।

Share News