बजाजकाे पल्सर एनएस १६० टिडि बाइक नेपाली बजारमा, मूल्य दुई लाख ८६ हजार

काठमाडौं । बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले ‘अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्क(टिडि)’ लाई नेपाली बजारमा भित्र्याएको छ । यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ ।

बजाजको पल्सर एनएस १६० टिडिलाई चार कलर भेरिएन्टमा ल्याईएको छ । जसमा प्यासन रेड ,पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु एंड ग्लसी पेव्टर ग्रे रहेको छ । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको कम्पनीले जनाएको छ ।

यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।नयाँ बजाज पल्सर १६० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आकर्षित गर्न बायकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ ।

पल्सर एनएस ट्वीन डिस्क १६०.३ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ । यसमा १२ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने ५ गिएरमा उपलब्ध रहेको छ र ग्राउंड क्लीयरेन्स १६७ एम एम रहेको छ ।

नेपाली बजारमा बजाज पल्सर १६० टिडिको मूल्य दुई लाख ८६ हजार ९०० रुपैयाँ तोकिएको छ ।

Share News