पोखरामा ११ हजार तिरेर बेलुनमा उड्न पाइने, ८ जनासम्म अट्ने दुर्इअाेटा बेलुन ल्याइयाे

<p>पोखरा ।  पर्यटकीय नगरी पोखरामा साहसिक खेलको विस्तार भएको छ । बोटिङ, बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङ लगायतका सेवा पाइने पोखरामा शनिबारदेखि हट एयर वेलुनमा उडेर पोखरा वरपरको दृष्यावलोकन गर्न पाइने भएको हो । को रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि लगायत अब हट बेलुन [&hellip;]</p>

पोखरा ।  पर्यटकीय नगरी पोखरामा साहसिक खेलको विस्तार भएको छ । बोटिङ, बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङ लगायतका सेवा पाइने पोखरामा शनिबारदेखि हट एयर वेलुनमा उडेर पोखरा वरपरको दृष्यावलोकन गर्न पाइने भएको हो ।

को रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि लगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका हुन् ।

बेलुन प्रालि नेपालले ५० लाख खर्चेर इटालीबाट ल्याएको उक्त्त बेलुनलार्इ शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसको उद्घाटन गरेका थिए ।  उक्त बेलुनमा ६ देखि ८ जनासम्म चढ्न मिल्नेछ । नेपालीका लागि प्रतिव्यक्ति ११ हजार रुपैंया शुल्क तेकिएको उक्त सेवाका लागि विदेशी नागरिकले भने १६० डलर तिर्नुपर्ने बेलुन प्रालिका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए । उनका अनुसार प्रत्येक यात्रुको रु २० हजार डलरको बीमा गरिएको छ ।

उद्घाटन कार्यक्रममा प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भन्दै मुख्यमन्त्री गुरुङले पर्यटनविना समृद्धि प्राप्त नहुने उल्लेख गरे । प्रदेश सरकारले जनसङ्ख्याको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य लिएको उनको भनार्इ थियो ।

Share News