काठमाडौं । शाश्वताधाममा बौद्ध चैत्य र बुद्धिष्ट सेन्टर स्थापना गरिएको छ । सनातन धर्मका अनुयायी एवं पर्यटकका लागि सेन्टर अर्को आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ ।
नव निर्मित चैत्य एवं बुद्धिष्ट सेन्टर गत शनिवारदेखि आम नागरिकका लागि खुला गरिएको छ । धार्मिक विधि अनुसार गत शनिवार शाश्वत धाममा आयोजित एक समारोहकाबीच लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले नवनिर्मित चैत्य र सेन्टरको उद्घाटन गरेका हुन् ।
चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीको शाश्वत धामलाई सनातन धर्मको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य अनुसार यहाँ बौद्ध चैत्य एवं सेन्टर स्थापना भएका हुन् । यसअघि यहाँ हिन्दू धर्मका प्रख्यात एकम्वरेश्वर शिव लगायतका प्रख्यात मन्दिरहरू स्थापित छन् ।
‘शाश्वत धामप्रति सनातन धर्ममा विश्वास राख्ने आम भक्तजनहरूको आकर्षणलाई सम्मान गर्दै हामीले बौद्ध चैत्य र बुद्धिष्ट सेन्टर स्थापना गरेका हौ“ ।’ अध्यक्ष चौधरीले भने, शाश्वत धामलाई सनातन धर्मको अनुसन्धान केन्द्रका रूपमा स्थापना गर्ने वृहत लक्ष्यमा यो एक कोशेढुंगा सावित हुने विश्वास लिएको छु ।’
उद्घाटन समारोहमा लुम्बिनी, दाउन्ने गुम्वा, बरचुली बौद्ध गुम्बा र थुम्कीमा रहेको बैद्ध गुम्बाका लामा र भिक्षुहरुले बौद्ध परम्परा अनुसार पुजाआजा गरेका थिए । उक्त अवसरमा बौद्ध परम्पराका आकर्षक झाँकी प्रदर्शन गरिएको थियो । समारोहमा लुम्बिनी बिकास कोषका पदाधिकारी, चौधरी फाण्डेशनका पदाधिकारीहरू, सांसद एवं जनप्रतिनिधिहरू, धर्म गुरू लगायतको उपस्थिती रहेको थियो ।
चैत्य नेपाली शैलीमा निर्माण गरिएको छ । चैत्यभित्र श्रीलंकावाट ल्याइएको बुद्धको अस्तु राखिएको छ । त्यहाँको चैत्यमा रहेको अस्तुबौद्ध पुर्णिमाकादिन सम्पूर्ण भक्तजनकालागि दर्शन खुल्ला गरिने छ । बुद्धिष्ट सेन्टरमा बुद्ध धर्म र संस्कृतीका बारेमा विस्तृत जानकारीहरू राखिएको छ । यहाँ विभिन्नग्रन्थ, बुद्धको जिवनका आयामहरूको बारेमा जानकारी दिने तस्वीरको संग्राहलय रहेको छ । यहाँ श्रब्यदृष्यहल , ध्यान¥योगा कक्ष, बौद्ध धर्माबलम्बिहरुको सभा सम्मेलन केन्द्र समेत बनाइएको छ ।
संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले शाश्वत धामलाई वेष्ट टुरिष्ट डेस्टिनेशनका रुपमा अवार्ड गरेको छ ।