निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा प्रदर्शन, शिक्षाको नाममा भ्रष्टाचार गरिरहेको अाराेप

<p>काठमाडौं । चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुले नारायणगढमा विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयद्धारा निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा संयुक्त विद्यार्थी संघ संगठनहरुले नारायणगढको बेलचोकबाट भरतपुरको गेष्ट हाउस चौरसम्म प्रदर्शन गरेका छन् । विश्वविद्यालयले देशकै हितविपरीत काम गरेकोले प्रदर्शन गरिएको अनेरास्ववियु रामपुर क्याम्पसका कार्यवाहक अध्यक्ष वामदेव रेग्मीको भनाई रहेको छ [&hellip;]</p>

काठमाडौं । चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुले नारायणगढमा विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयद्धारा निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा संयुक्त विद्यार्थी संघ संगठनहरुले नारायणगढको बेलचोकबाट भरतपुरको गेष्ट हाउस चौरसम्म प्रदर्शन गरेका छन् ।

विश्वविद्यालयले देशकै हितविपरीत काम गरेकोले प्रदर्शन गरिएको अनेरास्ववियु रामपुर क्याम्पसका कार्यवाहक अध्यक्ष वामदेव रेग्मीको भनाई रहेको छ । ‘विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिएर गलत काम गरिरहेको भन्दै सम्बन्धन दिइएका कलेजको पनि भौगोलिक सन्तुलन नमिलेको बताएको छ ।

सुगम क्षेत्रमा मात्रै क्याम्पस खोल्ने अनुमति दिइएको हुँदा त्यसको विरोधमा संयुक्त विद्यार्थी मिलेर प्रदर्शन गरेका छन् । ‘विश्वविद्यालयले शिक्षाको नाममा भ्रष्टाचार गरिरहेको भन्दै पूर्णरुपमा अन्त्य गर्नुपर्ने जनाएका छन् । विश्वविद्यालयले दिएको निजी सम्बन्धन पूर्णरुपमै खारेज गरिनुपर्ने विद्यार्थीको माग रहेको छ ।

कार्यक्रममा अनेरास्ववियुकी कार्यवाहक अध्यक्ष रश्मी आचार्य, अनेरास्ववियु क्रान्तिकारीका महासचिव उत्तम अधिकारी, नेविसंघका सहमहामन्त्री प्रेमराज जोशी, विप्लव माओवादीनिकट अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सचिव बद्री अधिकारी, अनेरास्ववियु छैटौँका अध्यक्ष विमल पोखरेल लगायतका केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

Share News