काठमाडौं । मध्यपुरथिमी नगरपालिका थिमी र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ ।
निर्माणाधीन नयाँ पुलको प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गर्दै एक दर्जन पुलको निर्माण कार्य अगाडि बढिरहेको बताउँदै गाउँगाउँमा पक्की सडक र सबै खोला तथा नदीमा पुल निर्माण कार्य भइरहेको बताएका छन् । दुई करोड एक लाखको लागतमा निर्माण भइरहेको पुलको हाल ढलान भइरहेको र ढलानको मजबुद, निर्माण कार्यको अवस्था लगायतका कुरामा चासो व्यक्त गरेका जनाएका छन्र ।
मध्यपुरथिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रदेश नं ३ का सांसद शशिजङ्ग थापा, मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमी नगरपालिका–४ का वडा अध्यक्ष कुमार श्रेष्ठ रहेका छन्र ।
कार्यक्रममा सभापति एवं सूर्यविनायक नगरपालिका–४ का वडा अध्यक्ष उत्तम थापा लगायतको सहभागिता रहेको थियो । अध्यक्ष वचन देउजा, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट लगायतले पुलको अवलोकन गरेका हुन् । डिभिजन सडक कार्यालय भक्तपुरको रु छ करोड १० लाखको लागतमा निर्माण शुरु भएको हो ।
जनप्रतिनिधिले मध्यपुरथिमी नगरपालिकाको–४ र सूर्यविनायक नगरपालिकाका–३ बालकोट नयाँबस्ती जोड्न हनुमन्ते खोला निर्माण भइरहेको पुलको अनुगमन एवं अवलोकन गरेकाे छ । रासस