सिक्टा सिँचाइको पश्चिम मूल नहर फेरि भत्कियो, माटोमै समस्या रहेको निष्कर्ष

<p>काठमाडौं । बाँकेकाे रहेकाे सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किदै आएको छ । उक्त आयोजना फेरि भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केनुको कारण खण्डमा घुलनशील माटो भएको निष्कर्ष आएको छ । विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सुक्ष्म निरीक्षण गरेको थियो [&hellip;]</p>

काठमाडौं । बाँकेकाे रहेकाे सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किदै आएको छ । उक्त आयोजना फेरि भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केनुको कारण खण्डमा घुलनशील माटो भएको निष्कर्ष आएको छ ।

विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सुक्ष्म निरीक्षण गरेको थियो । आयोजना प्रमुख कृष्णप्रसाद नेपालको भनाइ अनुसार विज्ञहरुले फिल्डमै गएर केही ठाउँको माटो परीक्षण पछ्यात निरीक्षण गरि माटोमा समस्या रहेको औँल्याइएको बताएका छन् । विज्ञहरूले परीक्षण गर्न माटो लैजान चाहेको तर सरकारी प्रक्रिया लामो हुने भएकाले उनीहरूले नलगेको चर्चा गर्दै अध्ययन गर्न पुराना कागजात लागिएको करीब एक महीनाभित्र प्रतिवेदन पेश गरिने जानकारी दिएका छन् ।

घुलनशील माटोमाथि अम्लियपन बढी भएको माटो भरेर वा छोपेर पानी चुहिन नदिने प्रक्रिया अपनाउन सकिने र समस्याग्रस्त ठाउँमा तल–माथि र दायाँ–बायाँ ‘काउन्टर बर्म’ ड्रेनेज निर्माण गर्नुपर्ने पनि विज्ञहरूले सुझाएका थिए । पश्चिम मूल नहरको ४५ किमीमध्ये २० देखि ३५ किमी खण्डमा बढी समस्या जानकारी दिएका छन् ।

प्राकृतिक भौगर्भिक समस्याले नहर भत्किए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी तथा इञ्जिनीयरको दोष देखाउँदै निर्माणमा संलग्न उच्च अधिकारी, ठेकेदार तथा परामर्शदाताले आर्थिक अनियमितताको आरोपमा २१ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस

Share News