पर्यटकीय सम्भावना रहेको म्याग्दीकाे स्वर्गाश्रम र बेलढुङ्कोमा पदयात्रा मेला आयोजना हुँदै

<p>काठमाडौं ।  प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना क्षेत्र स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा र मेला आयोजना गरिने भएको छ । म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित उक्त स्थानमा विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्थानीय स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने मेला पुस २६ देखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ । माघे सङ्क्रान्ति पर्वको [&hellip;]</p>

काठमाडौं ।  प्रशस्त धार्मिक र पर्यटकीय सम्भावना क्षेत्र स्वर्गाश्रम र बेलढुङ्को प्रचारप्रसार गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा र मेला आयोजना गरिने भएको छ । म्याग्दीको बेनी नगरपालिका–३ मा अवस्थित उक्त स्थानमा विभिन्न सङ्घसंस्थाको सहकार्यमा स्थानीय स्वर्गाश्रम युवा क्लबले आयोजना गर्ने मेला पुस २६ देखि माघ ३ गतेसम्म सञ्चालन हुनेछ ।

माघे सङ्क्रान्ति पर्वको अवसर पारेर आयोजना गर्न लागिएको ‘माघे सङ्क्रान्ति सांस्कृतिक तथा पर्यटन मेला २०७५’ मा धार्मिक तथा पर्यटकीय क्षेत्र स्वर्गाश्रम, बेलढुङ्गा लगायत भकिम्लीमा रहेका सम्भावनायुक्त ठाउँमा पर्यटन प्रवद्र्धनका विषयमा छलफल समेत हुने आयोजक समितिका प्रचारप्रसार संयोजक कमल पुनले जानकारी दिएका छन् ।

स्थानीय कला संस्कृतिको सम्वद्र्धन, माघे सङ्क्रान्ति मेला पर्यटन प्रवद्र्धन भन्ने मूल नाराको साथ हुन लागेको उक्त कार्यक्रममा आयोजना गरिएको जनाएका छन् । पुस २९ गते म्याग्दी भ्रमण वर्षलाई लक्षित गरी पर्यटन पदयात्रासमेत गरिने कलबका अध्यक्ष भीम पुनले बताएका छन् । रासस

Share News