काठमाडौं। हिमाल आरोहण गर्दा बितेका आफ्नो श्रीमानको सम्झनामा र सम्मानमा दुई शेर्पा एकल महिला सगरमाथा चढ्ने भएका छन् । एकल महिलाले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिनको सगरमाथा चढ्न लागेको उनीहरुले बताएका छन् ।
सन् २०१४ मा हिमपहिरोमा पारी सोलुखुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ४ निवासी निमा डोमा शेर्पाका श्रीमान छिरिङ् ओङ्छु शेर्पा र वडा नं ४ खुम्जुङ पाङपोचे निवासी फुर्दिकी शेर्पाको श्रीमान मिङ्मार शेर्पाको सन् २०१३ को हिमपहिरोमा परि मृत्यु भएको थियो। श्रीमानको मृत्यु पछी आफुहरुलाई ठूलो चोट परेको र त्यही चोटलाई बिर्साउन आफुहरुले सम्मान स्वरुप सगरमाथा आरोहण गर्न लागेको उनिहरुले बताए।
सगरमाथा चढ्ने तयारीको शिलशिलामा उनीहरुले कार्तिक २६ गते मनाङ जिल्लामा रहेको चुल ईस्ट (६५८४ मि) र मंसिर ८ गते सोलुखुम्बु जिल्लामा रहेको आईसल्यान्ड पिक (६१८९ मि) आरोहण गरिसकेका छन् ।
आफु जस्तै एकल महिलालाई घरबाहिर आउनु पर्छ भन्ने हौसला दिन र पर्यटन बर्ष २०२० को प्रचारप्रसार गर्नु आरोहणको मुख्य उद्देश्य रहेको उनीहरुले बताए।