तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय

<p>काठमाडौं।गुरुङ जातिको नयाँ बर्ष &#8220;तमु ल्होसार&#8221; पर्वको अवसरमा पुस १५ गते आइतवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रवार सूचना जारी बिदा दिने निर्णय गरेको हो। उक्त दिन गण्डकीस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराइएको छ । [&hellip;]</p>

काठमाडौं।गुरुङ जातिको नयाँ बर्ष “तमु ल्होसार” पर्वको अवसरमा पुस १५ गते आइतवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रवार सूचना जारी बिदा दिने निर्णय गरेको हो।

उक्त दिन गण्डकीस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराइएको छ ।

ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

Share News