यूएईमा गयो १०३ जना नेपालीको ज्यान, ४ को शव अझै आएन

<p>काठमाडौँ । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स(युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर [&hellip;]</p>


काठमाडौँ । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स(युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

मृतकमध्ये तीन महिला र ४४ पुरुषको प्राकृतिक कारण, तीन महिला र ३० पुरुषको आत्महत्या तथा दुई महिला र २१ पुरुष कामदारको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतक मध्ये सूर्य विक, अमृतबहादुर कार्की, सिर्जना बराल र अशोक भट्टराईको शव नेपाल पठाउन बाँकी रहेको दूतावासले जनाएको छ ।

उनीहरुको मृत्युका कारणबारे अध्ययन भइरहेकाले शव पठाउन ढिलाइ भएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ ।

Share News