भोजपुर-काठमाडौँ सातै दिन उडान हुने, फाप्लु-विराटनगर उडान भने यात्रु अभावमा रद्द

<p>भोजपुर । भोजपुर-काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर-काठमाडौँ उडान हुँदै आएको थियो । नयाँ कार्यतालिका अनुसार शनिवारबाट उडान शुरु भएको कार्यालयले जनाएको छ । त्यस्तै करीब एक महिनाबाट बन्द [&hellip;]</p>


भोजपुर । भोजपुर-काठमाडौँ उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए ।

यसअघि हप्तामा छ दिनमात्र भोजपुर-काठमाडौँ उडान हुँदै आएको थियो । नयाँ कार्यतालिका अनुसार शनिवारबाट उडान शुरु भएको कार्यालयले जनाएको छ ।

त्यस्तै करीब एक महिनाबाट बन्द रहेको भोजपुर-विराटनगर उडान पनि शनिबारदेखि नै शुरु भएको छ । आइतबार र बिहीबार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ ।

फाप्लु-विराटनगर उडान रद्द
यता, नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ । फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको निगमले जनाएको छ ।

गत कात्तिक ९ गतेदेखि प्रत्येक हप्ताको शुक्रबारका लागि सो उडान तालिका राखिएको थियो । विमानले उडान भर्न तयार भए पनि यात्रु नपाएको भन्दै तालिका रद्द गरेको निगमको फाप्लुका इन्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार वायुसेवा निगमले यही पुस २४ गतेदेखि लागू हुने गरी उडान तालिका रद्द गरेको हो । अब यात्रु भए पनि उडान नहुने इन्चार्ज श्रेष्ठले बताए । सोलुखुम्बुका नागरिक भने सल्लेरी विराटनगर सिधा सडक सञ्जाल जोडिएकाले सडक मार्ग हुँदै जाने गरेका छन् ।

Share News