आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध अख्तियारको मुद्दा, १८ करोड मागदाबी

<p>काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । गैरकानूनी रुपमा १८ करोड भन्दा बढी आर्जन गरेको अभियोगमा सोमबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । खड्काले निजामित सेवामा रहँदा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दाबी सहित अख्तियारले विशेष [&hellip;]</p>


काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । गैरकानूनी रुपमा १८ करोड भन्दा बढी आर्जन गरेको अभियोगमा सोमबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खड्काले निजामित सेवामा रहँदा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दाबी सहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

खड्काले सात करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति पारिवार बाहेक अरु व्यक्तिको नाममा समेत राखेको अनुसन्धानका क्रममा खुलेको अख्यिारले अभियोग पत्रमा उल्लेख गरेको छ ।

खड्कासहित उनको सम्पत्ति लुकाउने कार्यमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरेको बुझिएको छ । उनी पदमा छँदा नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थ भण्डार गर्ने जग्गा खरिदका क्रममा व्यापक अनियमितता गरेको आरोप लागेको थियो।

Share News