
काठमाडाैं । टाटा मोटर्सले नेपाली बजारमा टाटा एनआरजी ल्याएको छ । टाटा मोटर्सले एसयुभीबाट सवारी साधन शुरू गरेसँगै योङ्गगेस्ट कम्प्याक्ट युटिलिटी भेइकल सीयुभीको रूपमा नेपाली बजार भित्र्याएको हो ।
सिप्रदी ट्रेडिङ प्रालिले आधिकारिक बिक्रेताको अधिकार लिदैं नयाँ कार टाटा एनआरजी सार्वजनिक गरेको हो । टाटा एनआरजी काठमाडौंको शोरूममा पेट्रोल संस्करण २९ लाख ५५ हजारको शुरूवाती मूल्यमा उपलब्ध हुनेछ ।
१.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । यो कार नेपाली बजारमा रुचाइने इन्टरनेसनल बिजिनेस, प्यासेन्जर भेइकल्सका प्रमुख सुजन रोयले बताए ।
रोयका अनुसार कार कठीन सडकमा पनि राम्रोसँग गुड्न सक्छ । कारो अगाडि डिजाइन बलियो, साइड प्रोफाइल अद्वितीय वृत्ताकार ह्विल आर्कले हाइलाईट गरिएकोले ग्राहकहरुले मन पराउने कम्पनीले दाबी गरेको छ ।।
कार तीनवटा रंगमा उपलब्ध हुनेछ र मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुनेछ । सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले, केही फरकको खोजीले टाटा एनआरजी निस्किएको बताए ।
उनले कारको डिजाइन, प्रविधि एसयूभी प्रेरित साधनलाई ग्राहकहरूले धेरै मन पराउने र यसले बजार हिस्सा बढाउन सहयोग गर्ने विस्वास व्यक्त गरे ।