अख्तियारले भेट्यो १ करोड ३४ लाख स्रोत नखुलेको सम्पति, यसरी फसे सह-सचिव चन्द्रमान श्रेष्ठ

<p>काठमाडौं । यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठमाथि मुद्दा लागेको छ । श्रेष्ठको १ करोड ३४ लाख स्रोत नखुलेको सम्पति भेटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । श्रेष्ठमाथि पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियारको अध्ययनले करोडौं रुपैंया स्रोत नखुलेको [&hellip;]</p>

काठमाडौं । यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठमाथि मुद्दा लागेको छ । श्रेष्ठको १ करोड ३४ लाख स्रोत नखुलेको सम्पति भेटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

श्रेष्ठमाथि पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियारको अध्ययनले करोडौं रुपैंया स्रोत नखुलेको भेटेपछि उनीमाथि विषेश अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको हो ।

श्रेष्ठ हाल वन तथा बातावरण मन्त्रालयको सह सचिव पदमा कार्यरत रहेका छन् । सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगले आरोप लगाएको छ ।

उनले आफ्नो नामका साथै आफ्ना परिवारका सदस्यहरुको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरुका सम्बन्धमा संकलित तथ्य प्रमाणहरु उपर छानबिन एवं विश्लेषण गर्दा सार्वजनिक पद धारण गरेको मिति २०३८ साल बैशाख २८ गतेदेखि जाँच अवधिमा २ करोड १० लाख ७७ हजार आर्जन गरेको देखिएको हो ।

उनले सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी ३ करोड ४४ लाख ७७ हजार खर्च गरेको देखिंदा वैध आयको तुलनामा १ करोड ३४ लाख बराबरको सम्पत्तिको स्रोत नखुलेको भेटिएको आयोगले जनाएको छ ।

Share News