वोमी माइक्रोफाइनान्सद्धारा चितवनमा कृषि तथा पशुपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

<p>काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न स्थानहरुमा श्रृखलाबद्ध तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त संस्थाबाट ७ दिनको अवधिमा जम्मा २२८ जना सदस्य तथा स्थानियलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ४ स्थित पदमपुरमा ४१ जना, भरतपुर महानगरपालिका वडा नं. २६ स्थित सिसहीमा ४७ जना [&hellip;]</p>

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न स्थानहरुमा श्रृखलाबद्ध तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त संस्थाबाट ७ दिनको अवधिमा जम्मा २२८ जना सदस्य तथा स्थानियलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ ।

चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ४ स्थित पदमपुरमा ४१ जना, भरतपुर महानगरपालिका वडा नं. २६ स्थित सिसहीमा ४७ जना रहेका थिए । त्यस्तै राप्ती नगरपालिका वडा नं. २ स्थित पिप्लेमा ४१ जना तथा नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. १४ स्थित दलदलेमा ५८ जना, मध्यबिन्दु नगरपालिका वडा नं. १३ स्थित मैनाघाटमा ४१ जानले तालिम हासिल गरेका छन् ।

त्यस्तै चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २८ स्थित जितपुरमा ३० जना सदस्य तथा स्थानिय व्यक्तिलाई कृषि व्यवसाय सम्बन्धी तालिम प्रदान गरेको छ । उक्त तालिममा उपस्थित सदस्य तथा स्थानियहरुले संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा प्रतिउत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा उपस्थित नगरपालिकाका वडा अध्यक्षहरुले मन्तब्य व्यक्त गरेका हुन् । चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ४ का अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नवलपुर जिल्लाको देवचुली नगरपालिकाका प्रबक्ता वडा अध्यक्ष दिलबहादुर क्षेत्री, वडा नं. १४ का अध्यक्ष हेमराज दवाडी तथा मध्यबिन्दु नगरपालिका वडा नं. १३ का अध्यक्ष अर्जुन प्रसाद पङ्गेनी रहेका थिए । उक्त तालिम कार्यक्रममा प्रशिक्षण प्राविधिक श्रोत व्यक्तिद्धय विकासप्रसाद दाहाल तथा वकिलबहादुर गुर्धामीले दिनु भएको थियो ।

Share News