नोलाइट शाखाका सुपरभाइजर बद्रीनाथ न्यौपाने विरुद्ध भ्रष्ट्राचार मुद्दा

<p>काठमाडौं । नोलाइट शाखाका सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर काले थापामगर र ज्यालादारीमा काम गर्ने बिदुर पुडासैनी विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ३ जना विरुद्ध विषेस अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध जग्गाबाट बिजुलीको तार हटाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । उनीहरु [&hellip;]</p>

काठमाडौं । नोलाइट शाखाका सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर काले थापामगर र ज्यालादारीमा काम गर्ने बिदुर पुडासैनी विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ३ जना विरुद्ध विषेस अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उनीहरु विरुद्ध जग्गाबाट बिजुलीको तार हटाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम मुद्दा चल्नेछ ।

Share News