५ हजार घुसलिने सरिफा पन्त बिरुद्ध मुद्दा दायर

<p>काठमाडौं । ५ हजार घुस लिने सरिफा पन्त बिरुद्ध मुद्दा दायर भएको छ । घुस लिएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । पन्त घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक पाँचौं तहमा कार्यरत थिए । उनले घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने उद्योगको अनुमति दिन [&hellip;]</p>

काठमाडौं । ५ हजार घुस लिने सरिफा पन्त बिरुद्ध मुद्दा दायर भएको छ । घुस लिएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

पन्त घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक पाँचौं तहमा कार्यरत थिए । उनले घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भनी सेवाग्राहीसँग रकम लिएका थिए ।

उनी विरुद्ध भ्रष्ट्राचार निवारण ऐन बमोजिम कारबाहि प्रक्रिया अघि बढ्नेछ ।

Share News