मर्यादाक्रम प्रति अख्तियारको आपत्ति, सच्याउन सरकारलाई आग्रह

<p>काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारले तोकेको नयाँ मर्यादाक्रम प्रति आपत्ति जनाएको छ । आयोगको माघ १० गते बसेको बैठकले मर्यादाक्रम सच्याउन आग्रह गर्ने निर्णय गरेको हो । अख्तियारले नयाँ मर्यादा क्रमले संवैधानिक नियकायका पदाधिकारीहरुको मनोबल घट्ने निष्कर्ष समेत निकालेको छ । आयोगले सवैधानिक निकायका पदाधिकारीहरुको मर्यादाक्रम पुरानै अवस्थामा फर्काउन आग्रह पनि गरेको छ [&hellip;]</p>

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारले तोकेको नयाँ मर्यादाक्रम प्रति आपत्ति जनाएको छ । आयोगको माघ १० गते बसेको बैठकले मर्यादाक्रम सच्याउन आग्रह गर्ने निर्णय गरेको हो ।

अख्तियारले नयाँ मर्यादा क्रमले संवैधानिक नियकायका पदाधिकारीहरुको मनोबल घट्ने निष्कर्ष समेत निकालेको छ ।
आयोगले सवैधानिक निकायका पदाधिकारीहरुको मर्यादाक्रम पुरानै अवस्थामा फर्काउन आग्रह पनि गरेको छ ।

‘नेपाल सरकारले हालै जारी गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम निर्धारणप्रति यस आयोगको ध्यानाकर्षण भएको छ ।

संवैधानिक पदाधिकारीले अध्यक्षता गर्नुपर्ने विभिन्न बैठकहरुमा सदस्य रहने पदाधिकारीहरुको मर्यादाक्रम संवैधानिक पदाधिकारीहरूभन्दा माथि रहेको तर संवैधानिक पदाधिकारीहरुको मर्यादाक्रम साविकको भन्दा निकै तल्लो क्रममा रहँदा कार्य सम्पादन प्रक्रिया तथा बैठक सञ्चालनको न्यूनतम् मूल्य मान्यता समेत प्रभावित हुने अवस्था सिर्जना हुन जाने तथा मनोबलमासमेत असर पर्न जाने हुँदा मर्यादाक्रम निर्धारण गर्दा परम्परा, प्रचलित कानून, पदबाट सम्पादन हुने कार्य र गरिमा समेतलाई आधार मानी संवैधानिक निकायका आयुक्त एवं सदस्यहरुको मर्यादाक्रम साविकको जस्तै संवैधानिक प्रमुखहरुको लगत्तैपछि राख्ने गरी मर्यादाक्रम निर्णयको पुनरावलोकन हुन आयोग नेपाल सरकार समक्ष आग्रह गर्दछ ।’, अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Share News