नेशनल माइक्रो फाइनान्सद्धारा नयाँ कर्मचारीलाई अभिमुखिकरण

<p>काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाले नयाँ कर्मचारीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । २ दिनसम्म धादिङबेसीमा भएको उक्त कार्यक्रमको उदघाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नव प्रवेशी ४४ जना कर्मचारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । अभिमुखिकरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाले नयाँ कर्मचारीहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । २ दिनसम्म धादिङबेसीमा भएको उक्त कार्यक्रमको उदघाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नव प्रवेशी ४४ जना कर्मचारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

अभिमुखिकरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, जनशक्ति विभाग प्रमुख विजय घिमिरे, आन्तरिक लेखापरिक्षण विभाग प्रमुखका श्रीराम भट्टराई, संचालन विभाग प्रमुख सिताराम पंडित र लेखा विभाग प्रमुख रोशन बुर्लाकोटी विभिन्न शिर्षकहरु संस्थाको निती नियम, समुह निमार्ण तथा कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, उत्प्रेरणा गर्ने तरिका, संस्थाबाट प्रवाह गरिने सेवा तथा सुविधाहरुको साथै अन्य विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए ।


चालु आर्थिक वर्षको २०७५ पुष मसान्तसम्ममा हिमाल, पहाड र तराईका गरी ५० वटा शाखा कार्यालयहरु मार्फत सातै वटा प्रदेशका ३७ वटा जिल्लाका ७० हजार भन्दा वढी विपन्न परिवारमा पहुँच पुगेको छ । हाल संस्थाको लगानीमा रहेको कर्जा २ अर्व ९१ करोड र बचत रु. ९८ करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्दै आएको छ ।

Share News