पश्चिम नवलपरासीमा पर्यटकीयस्थल कञ्चनगढी उत्खनन गर्न स्थानीयवासीकाे माग

<p>काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ स्थित पर्यटकीयस्थल कञ्चनगढी उत्खनन गर्न स्थानीयवासीले माग गरेका छन् । पर्यटनको प्रचुर सम्भावना रहेको यो स्थल उत्खनन, उचित प्रचारप्रसार तथा संरक्षण नहुँदा ओझेलमा परेको हो । यस स्थललाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गर्न सक्रियता देखाएको छ । स्थानीयवासी उत्खनन हुन नसक्दा महत्व र ऐतिहासिक वस्तुस्थितिबारे प्रचार गर्न नसकिएको [&hellip;]</p>

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ स्थित पर्यटकीयस्थल कञ्चनगढी उत्खनन गर्न स्थानीयवासीले माग गरेका छन् । पर्यटनको प्रचुर सम्भावना रहेको यो स्थल उत्खनन, उचित प्रचारप्रसार तथा संरक्षण नहुँदा ओझेलमा परेको हो ।

यस स्थललाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गर्न सक्रियता देखाएको छ । स्थानीयवासी उत्खनन हुन नसक्दा महत्व र ऐतिहासिक वस्तुस्थितिबारे प्रचार गर्न नसकिएको स्थानीयवासीको भनाई रहेको छ ।

खजुराटोलबाट करीब ७०० मिटर उत्तरतर्फ जङ्गलको काखमा अवस्थित कञ्चनगढी खजुरा खोलाको किनारमा अवस्थित हुनाका साथै त्यहाँ हरियाली वातावरण पनि छ । मनोरम वातावरणले भरिपूर्ण ऐतिहासिकस्थलमा अहिले आन्तरिक पर्यटकको आवागमन बढेको छ ।

तीन तलाजस्तै रहेको उक्त क्षेत्रको माथिल्लो खण्डमा युद्ध सामग्री राख्न तथा मन्दिर निर्माण गर्न मिल्ने, दोस्रो खण्डमा समथर जमीन र रुख बिरुवाले भरिपूर्ण फूलबारी बनाउन मिल्ने र पहिलो खण्डमा वनभोज स्थलको रुपमा विकास गर्न सकिने देखिन्छ ।

डेढ बिघा क्षेत्रमा फैलिएको उक्त क्षेत्र उत्खननका क्रममा भेटिएका प्राचीन कलाकृतिका ढुङ्गा, वनभोजका लागि दुई वटा ट्रष्ट र आँप, कटहर, अम्बालगायत फलफूलको बगैँचा पनि बनाइएको छ । विसं २०४७ मा मात्रै पत्ता लागेको उक्त स्थानमा शिवरात्रिका बेला त्यहाँ मेला लाग्नाका साथै साउन महीनामा जल चढाउनेको पनि घुइँचो लाग्छ ।
अठ्ठाइस वर्षअघि स्थानीय परमेश्वर थारूले सपनामा सो स्थानमा शिवलिङ्ग गाडिएको देखेपछि उत्खनन गर्दा त्यहाँ शिवलिङ्ग लगायत बुद्ध र अन्य भगवान् आकृतिका मूर्ति भेटिएको थियो ।

पर्यटकीय दृष्टिले निकै सम्भावना बोकेको ठाउँ भएर पनि प्रचारप्रसार र विकास हुन नसक्दा अहिलेसम्म यो क्षेत्र ओझेलमा छ, अब नगरपालिकाले गुरुयोजना बनाएर धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने स्थानीयको माग रहेको छ । वडा कार्यालयको पहलमा एक लाख १७ हजार बजेट विनियोजन गरे पनि स्थानीय गाउँलेको सहयोगसमेत गरी रु पाँच लाखमा एक हजार २०० मिटर बाटो निर्माण गरिएको वडाध्यक्ष रेश्मीराज भट्टराई बताएका छन्

कञ्चनगढीको विकास र विस्तारका लागि नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिँदै नगरप्रमुख धीरज शर्मा बस्याल भन्छन् यहाँको वातावरण र भौगोलिक बनावट हेर्दा इतिहासको कुनै कालखण्डमा युद्ध भएको हुनसक्ने देखिएकाले यसलाई हामी उत्खनन गरेर मनोरमस्थलको रुपमा विकास गर्ने योजनाका साथ अघि बढेका छौँ ।

खजुरा खोलामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा यसैवर्ष झोलुङ्गे पुल निर्माण हुँदैछ भने सिँचाइ विभागको सहयोगमा सोही खोलामा डेढ करोडको लागतमा बाँध निर्माण गरिँदै छ । केही वर्षभित्रै त्यहाँ पर्यटकलाई आकर्षित गर्न झोलुङ्गे पुल, कृत्रिम तलाउ, फूलबारी लगायत संरचना बन्ने जानकारी दिएका छन् ।रासस

Share News