काठमाडौं, पोखरा र चितवनको रेष्टुरेन्टमा अब १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने

<p>काठमाडौं। देशको तीन मुख्य शहर काठमाडौं, पोखरा, चितवनको रेष्टुरेन्ट र बारमा लाग्ने अतिरिक्त १० प्रतिशत सेवा शुल्क अब तिर्नु नपर्ने भएको छ। रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो। यसअघी राम्रा राम्रा रेस्टुरेन्ट र बारमा १० प्रतीसत सेवा सुल्क लाग्ने गर्थियो। त्यसरी आएको रूपैयाँ मजदुर र उनीहरूकासंगठनले भागबन्डा [&hellip;]</p>

काठमाडौं। देशको तीन मुख्य शहर काठमाडौं, पोखरा, चितवनको रेष्टुरेन्ट र बारमा लाग्ने अतिरिक्त १० प्रतिशत सेवा शुल्क अब तिर्नु नपर्ने भएको छ। रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो।

यसअघी राम्रा राम्रा रेस्टुरेन्ट र बारमा १० प्रतीसत सेवा सुल्क लाग्ने गर्थियो। त्यसरी आएको रूपैयाँ मजदुर र उनीहरूकासंगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो।

उपभोक्तालाई ध्यानमा राख्दै उक्त निर्णय लिएको र सेवाशुल्क हटाएसँगै गुणस्तरिय सेवा प्रदान गर्ने एसोसिएसन बताएको छ।

Share News