एनबीआईले वृहत सम्मेलन आयोजना गर्दै, विभिन्न देशका विज्ञहरूकाे सहभागीता

<p>काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले स्थापना भएको दशौँ वर्षको अवसरमा “डेलिबेरेसन फर द नेक्स्ट डिकेड” विषयक वृहत सम्मेलनको आयोजना गर्न लागेको छ । उक्त सम्मेलन फागुन ५ गते आइतबार र्याडिसन हाेटलमा हुँदै छ । सो सम्मेलनमा विभिन्न देशहरुबाट क्षेत्रियस्तरका विज्ञहरुको सहभागी हुनेछन् । त्यस्तै, कार्यक्रममा स्टेट बैंक लि. भारतका एमडि दिनेश खारा, आईडिएफसी बैंकका एमडि [&hellip;]</p>

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले स्थापना भएको दशौँ वर्षको अवसरमा “डेलिबेरेसन फर द नेक्स्ट डिकेड” विषयक वृहत सम्मेलनको आयोजना गर्न लागेको छ । उक्त सम्मेलन फागुन ५ गते आइतबार र्याडिसन हाेटलमा हुँदै छ ।

सो सम्मेलनमा विभिन्न देशहरुबाट क्षेत्रियस्तरका विज्ञहरुको सहभागी हुनेछन् । त्यस्तै, कार्यक्रममा स्टेट बैंक लि. भारतका एमडि दिनेश खारा, आईडिएफसी बैंकका एमडि एवँ सिईओ भि. बैद्यानाथन, स्टेट बैंक लि. भारतका स्वतन्त्र संचालक एवम् बैंकिङ्ग विज्ञ संजिव मल्होत्रा, एचडिएफसी बैंकका ट्रेजरर आशिष पार्थसारथी, फरेन एक्सचेन्ज डिलर्स एशोसिएसन अफ इन्डियाका प्रमूख कार्यकारी अधिकृत अश्विनी सिंधवानी तथा भारतका प्रख्यात आर्थिक पत्रकार तमल बन्दोपाध्यायको पनि सहभागीता रहने छ ।

उक्त सम्मेलन कार्यक्रममै बैंक अफ काठमाण्डूका प्रमूख कार्यकारी अधिकृत शोभन देव पन्त, नविल बैंकका प्रमूख कार्यकारी अधिकृत अनिल केशरी शाह, एसविआई बैंकका मूख्य महाप्रबन्धक पि. सी. कन्डपाल, इन्डियन इन्स्टिच्यूट अफ बैंकिङ्ग एण्ड फाईनान्सका प्रमूख कार्यकारी अधिकृत डा. जे. एन. मिश्रा तथा नेतृत्व तालिमका बिज्ञ प्रकास रोहेरा समेतको छलफल कार्यक्रम रहेको छ ।

साथै सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर गणेशबहादुर थापा, बिजय नाथ भट्टराई तथा दिपेन्द्रबहादुर क्षेत्रीको लगायत पूर्व बैंकर शशिन जोशीले सहजकर्ताको भूमिका निर्वाह गर्ने छन् ।

Share News