एनआरएनए युरोप क्षेत्रीय बैठक सम्पन्न, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय

<p>लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न भएको छ । २४ मार्च २०१९ मा क्षेत्रीय संयोजक शिव बरुवालको अध्यक्षतामा सम्पन्न बैठकले १२ औँ युरोपेली भेला अगस्ट ३ र ४ मा इटालीको रोममा गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ । बैठकमा संस्थाले विगतमा गरेका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजनाको [&hellip;]</p>


लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत युरोप क्षेत्रको क्षेत्रीय साइबर बैठक सम्पन्न भएको छ । २४ मार्च २०१९ मा क्षेत्रीय संयोजक शिव बरुवालको अध्यक्षतामा सम्पन्न बैठकले १२ औँ युरोपेली भेला अगस्ट ३ र ४ मा इटालीको रोममा गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा संस्थाले विगतमा गरेका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजनाको बारेमा समेत छलफल गरिएको थियो । बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपालीहरुलाई संघको सदस्यता वितरण त्यसको व्यवस्थापन तथा नवीकरण लगायतका विषयमा सचेत गराउने र हाल भइरहेको पहललाई समेत थप सार्थक बनाउने गरी अघि बढ्ने निर्णय गरिएको छ । साथै, यूरोप क्षेत्रमा नेपाल महोत्सवको आयोजना गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन व्यापक प्रचार प्रसार गर्ने निर्णय समेत गरिएको छ ।

बैठकबाट १२ औँ युरोपेली भेला लाई भव्य रुपमा सम्पन्न गर्नको लागि युरोप संयोजक शिव बरुबालको संयोजकत्वमा युरोप क्षेत्रका सम्पूर्ण आइसीसी सदस्य एनसीसी अध्यक्ष आयोजक राष्ट्र इटालीका उपाध्यक्ष महासचिव समेत रहने गरी मूल आयोजक समिति गठन गरेको छ ।

युरोप उप–संयोजक गोबिन्दप्रसाद गौतमले सञ्चालन गरेको बैठकमा युरोप क्षेत्रका महिला उपसंयोजक, युवा उपसंयोजक साथै एनसीसी अध्यक्षहरुले आफ्नो प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सदस्यता वितरणको लागि संघले सुरु गरेको नयाँ डिजिटल प्रविधिलाई सहज बनाउनु पर्ने र डाटा सुरक्षाको ग्यारेन्टी हुनु पर्ने धारणा राखेका थिए । आइसीसी सदस्यहरुले आइसीसी र एनसीसीबीच समन्वयलाई थप प्रभावकारी बनाउनु पर्ने विषयमा चर्चा गरेका थिए ।

बैठकमा आइसीसी उपाध्यक्षद्वय कुमार पन्त र सपिलाराज भण्डारीले सम्बोधन गर्दै आगामी कार्ययोजनाको बारेमा जानकारी गराएका थिए । युरोपका २८ राष्ट्रमा फैलिएर रहेको एनआरएनए युरोप क्षेत्रको बैठकमा युरोप क्षेत्रका विभिन्न एनसीसी अध्यक्ष तथा महासचिवहरु, आइसीसी सदस्यहरु युरोप क्षेत्रका उप–संयोजकहरु, महिला उपसंयोजक, युवा उप–संयोजक लगायतको सहभागिता रहेको थियो ।

Share News