एनसीसी बैंक र नेपाल इन्स्योरेन्सबीच सेवा सम्बन्धी सम्झौता

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले नेपाल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

Share News