भारतीय विमान सेवा कम्पनी जेट एयरवेजको काठमाडौं सेवा बन्द हुने

<p>काठमाडौं । आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी जेट एयरवेजले दिएको छ । स्रोतले भन्यो अनौपचारिक जानकारी आएको छ, उनीहरुका धेरै जहाज ग्राउन्डेड भएका कारण उडान रोकेको हुनुपर्छ । [&hellip;]</p>

काठमाडौं । आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी जेट एयरवेजले दिएको छ । स्रोतले भन्यो अनौपचारिक जानकारी आएको छ, उनीहरुका धेरै जहाज ग्राउन्डेड भएका कारण उडान रोकेको हुनुपर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलाई जेट एयरवेजले विमानस्थलको सेवा प्रयोग गरेबापत १८ करोड रुपैयाँ तिर्नुपर्ने बक्यौता छ । आर्थिक रुपमा समस्याग्रस्त भएको यस एयरवेजको सेवा बन्द हुँदा बक्यौता उठाउन कठिन हुन सक्नेछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Share News